SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

सर्वोच्च अदालतले सरकारी विज्ञापनमा निजी मिडियालाई विभेद नगर्न सरकारलाई आदेश दिएको छ । अदालतले गत असार ३० गते भएको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गर्दै न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारी विज्ञापनमा गरिँदै आएको विभेद अन्त्य हुने गरी आदेश दिएको हो।