आन्तरिक कलह समाधान नगरे कांग्रेस विभाजन हुनसक्छ : शशांक कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धा समयमै समाधान गर्न नसके काँग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । बिपी स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा पार्टीको संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
