बालेनलाई सिटौलाले भने- ‘एक्लै हिँड्दा ठक्कर लाग्छ, उठाउन हामी आउनुपर्ला’
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई अहंकार र दम्भको राजनीति त्याग्न चेतावनी दिएका छन् । वीपी कोईराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौंमा पार्टीको संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन दिँदै उनले यस्तो चेतावनी दिएका हुन् । उनले एक्लै हिँडने राजनीति नगर्न समेत प्रधानमन्त्री शाहलाई आग्रह गरे ।
