असन–इन्द्रचोकमा ‘साउने बजार’, बढ्यो चुरा पोतेको व्यापार
काठमाडौं । सधैँजसो व्यस्त रहने असन–इन्द्रचोक बजार अहिले झन व्यस्त बनेको छ । श्रावणको सुरु भएसँगै हरियो–पहेँलो चुरापोते र मेहेन्दी किन्नेहरुको भीड लाग्न थालेको छ । श्रावणलाई वर्षकै पवित्र महिना मानिन्छ । हिन्दु धार्मिक मान्यताअनुसार श्रावण महिना भगवान शिवको पूजा–आरधनाका लागि विशेष महत्व राख्ने महिना हो ।
