सांसद शाहलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
काठमाण्डु– नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शाहविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।
