SHARE
पर्दाफास · बुधबार ६ साउन २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो

लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसबाट फैलिएको संक्रमण नयाँ क्षेत्रमा विस्तार भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ । डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन अस्थिरता, द्वन्द्वको जोखिम तथा विस्थापित र अत्यधिक आवतजावत गर्ने जनसंख्याका कारण संक्रमण फैलिन अनुकूल अवस्था बनेको बताए ।