बर्खामा जनताका पीरमर्का सुन्दै सङ्घीय सांसद
काठमाडौँ । मनसुनको हिसाबले नेपाल अहिले मध्यबर्खामा छ । सङ्घीय संसद्का दुवै सदनका बैठकहरू १५ दिनका स्थगित भएका छन् । बैठक नभएपछि अधिकांश सांसदहरू अहिले जनतासँग पुगेर उनीहरूको समस्या सुन्ने र समाधान गर्ने काममा व्यस्त छन् । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यतालिका नै बनाएर आफ्ना सांसदलाई मतादातासँग भेटघाटका लागि गाउँगाउँमा पठाएको छ ।
