विभिन्न कार्यक्रम गरी ४४औँ बिपी स्मृति दिवस मनाइँदै
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज देशका विभिन्न स्थानमा ४४औँ बिपी स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका बिपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो ।
