सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार, पोखरा लगियो
गण्डकी । रक्तस्रावका कारण स्वास्थ्यावस्था जटिल भएपछि निसीखोला–३ का ३९ वर्षीया गर्भवती मीना सुनारको थप उपचारका लागि नेपाली सेनाले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुर्याएको छ । मङ्गलबार बागलुङको बोहरागाउँ स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई आज बिहान बुर्तिबाङ अस्पताल लगिएको थियो ।
