SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम गर्न पाए त्यसले विश्वव्यापी समुद्री यातायातका लागि खतरनाक नजिर स्थापित गर्ने चेतावनी दिएका छन् । उनले यस्तो अवस्था सिर्जना भए त्यसको प्रभाव मध्यपूर्वमा मात्र सीमित नरही विश्वका अन्य रणनीतिक समुद्री मार्गमा पनि पर्ने बताए ।