नाटक ‘केसामी-नाम्सामी’को पोस्टर सार्वजनिक, प्रदर्शन मिति घोषणा
काठमाडौँ । एक थिएटर नेपालले प्रदर्शन गर्न लागेको नाटक ‘केसामी-नाम्सामी’ को पोस्टर र प्रदर्शन मिति सार्वजनिक गरेको छ । बुधवार बाहेक साउन १८ देखि भाद्र १३ गते सम्म प्रदर्शन मिति तोकिएको उक्त नाटकमा अनिल सुब्बाको निर्देशन रहने छ भने नाट्य रूपान्तरण यासेली योङ्हाङ्ले गरेका हुन् ।
