SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

एजेन्सी । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन् । चिकित्सकहरूका अनुसार यस्तो गर्भधारण करिब एक करोड ५० लाखमध्ये एकमा मात्र हुने सम्भावना रहने भएकाले यसलाई अत्यन्त असाधारण घटना मानिएको छ ।