SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि भरतपुर कारागारबाट ११६ कैदी स्थानान्तरण

चितवन । भरतपुर कारागारमा स्थान अभाव भएपछि कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई स्थानान्तरण गरिएको छ । कारागार प्रमुख चेतनाथ ढुङ्गानाले क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कैद तोकिएकालाई अन्यत्र स्थानान्तरण गर्नुपरेको बताए । सो कारागारको कुल क्षमता ५०५ व्यक्ति अट्ने रहेको छ ।