टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेसन) मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माण कार्य मंसिर अगावै सम्पन्न गरी केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिइन् । बुधबार निर्माणाधीन केन्द्रको स्थलगत अवलोकनपछि डंगोलले केन्द्र सञ्चालनमा आएपछि काठमाडौंको फोहोर व्यवस्थापन प्रणाली थप आधुनिक र व्यवस्थित हुने बताइन् ।
