गाजाका भग्नावशेषमा भित्तेचित्रः कलामार्फत आशा र सङ्घर्षको खोजी
एजेन्सी । गाजा सहरको तेल अल–हवा क्षेत्रमा सिमेन्टका भग्नावशेषहरूमा उभिएर २० वर्षीय प्यालेस्टिनी कलाकार जाना अबु हरबिद एकाग्र भएर चित्र कोर्दै छिन् । युद्धले ध्वस्त बनाएको एक घरको खण्डहरमा उनले प्यालेस्टिनी झण्डा अंकित पाल (टेन्ट) को चित्रसँगै अरबी भाषामा ‘अमल बाकी’ अर्थात् ‘आशा बाँकी छ’ भन्ने शब्दहरू कुँदेकी छिन् ।
