SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

मिटरब्याजीसँगको जग्गा विवादमा एकै परिवारका चार जना कुटिए

काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका–२ मा मिटरब्याजीसँगको जग्गा विवादका क्रममा भएको कुटपिटमा एकै परिवारका चार जना घाइते भएका छन् । घाइतेमध्ये इन्दल सहनीको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते हुनेमा इन्दल सहनी, उनका छोरा उमेश सहनी, श्रीमती भगवती कुमारी सहनी र परिवारकै मुना सहनी रहेका छन् । उनीहरूको बरहथवास्थित अस्पतालमा उपचार भइरहेको छ ।