SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो, नेपालतर्फ मल ढुवानी तीव्र

काठमाडौं । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कलकत्ता बन्दरगाहमा ३०,००० मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको छ ।