आरसीओडीको म्याद थप्न बैठक बस्दै
काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आरसीओडीको म्याद थप्न सरोकारवालाको बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे नेपाल विद्युत प्राधिकरणमा बस्नेछ । बैठकमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकसहित पदाधिकारी र जलविद्युत आयोजनाका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
