आज वीपी स्मृति दिवस मनाइँदै
काठमाण्डु – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको स्मृति दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेताका रूपमा चिनिने कोईरालाको २०३९ साउन ६ गते निधन भएको थियो।
