सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली
बैतडी, १५ भदौ । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदै छ । हिजो साँझ गौराघरमा भित्र्याएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताउनुभयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
