दुई दिन दोहोरो अंक बढेको शेयर बजारमा आज सामान्य वृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक ७.२५ अंकले बढेर २ हजार ७ सय २६ दशमलव ४९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१८ अंकले घटेर ४७२.४२ अंकमा पुगेको छ ।
