काठमाण्डुमा युवतीद्वारा पेट्रोल खन्याएर आत्मदाह प्रयास
काठमाण्डु–काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । २७ वर्षीया सालु गुरुङले गएराति शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेी हुन् । काठमाण्डु प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले युवतीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए । भट्टराईका अनुसार गुरुङको शरीको अनुहार, छाती र दुवै हात जलेका छन् ।
