SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

‘द गोल इज ग्रीन’ अभियानलाई सफल बनाउन लक्ष्मी सनराइज बैंकले गर्‍यो यी संस्थासँग सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘द गोल इज ग्रीन’ कार्यान्वयनका लागि डब्लूडब्लूएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै बैंकले सो प्रयास गरेको हो ।