SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

कुकुरको खाना भन्दै चुरोट अष्ट्रेलिया पठाउन लागिएपछि…

काठमाडौं । कुकुरको खानेकुरा भन्दै अष्ट्रेलिया पठाउन लागिएको चुरोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । आइतबार विमानस्थलको कार्गो कम्प्लेक्स भवन का एजेण्ट अभिनव राईमार्फत् अष्ट्रेलियास्थित सौरभ भण्डारीको नाममा ३५ वटा कार्गो पोका पठाउन लागिएको थियो । तर त्यसमध्ये ३२ नं पोकामा डग च्यू अर्थात् कुकुरको खाना उल्लेख गरिएको थियो ।