SHARE
पर्दाफास · सोमबार ४ साउन २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले गरे पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालाहरुसँग छलफल, के-के भयो कुराकानी ?

प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पुँजी बजारको वर्तमान अवस्था, सुधारका आवश्यकता, नीतिगत व्यवस्था तथा समग्र अर्थतन्त्रसँग सम्बन्धित विषयमा छलफल भएको हो ।