सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङसहित १७ जना दोषी ठहर, कसलाई कति सजाय ?
काठमाडौँ जिल्ला अदालतले सिभिल सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा पूर्वसांसद एवं उद्यमी इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ । न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगी तथा संगठित अपराध कसूरमा अभियुक्तहरूलाई कसूरको गम्भीरता अनुसार कैद, जरिवाना तथा बिगो भराउनेसम्बन्धी फैसला सुनाएको हो ।
