सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो
सशस्त्र प्रहरी बल, नेपालले साधारण समूह तथा साधारण उपसमूहतर्फ रिक्त रहेका विभिन्न पदमा नयाँ भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानव स्रोत विभागअन्तर्गत भर्ना तथा छनोट शाखाले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि जवान र विभिन्न ट्रेडका परिचर गरी कुल ६६६ जनाका लागि आवेदन माग गरिएको हो।
