तस्करीको नयाँ शैली : कोलम्बियाबाट सिलिकनमा मिसाई ल्याइएको साढे ४ किलो कोकिनसहित दुई विदेशी पक्राउ
सिलिकनमा मिसाएर कपडाको आकारमा तयार पारिएको ४ किलो २५८ ग्राम कोकेन सहित दुई विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोलम्बियन नागरिक ६२ वर्षीया योनेथ गार्जन कैकेएदो र भारतीय महिला ३७ वर्षीय रेबेक्का पुल्ले रहेका छन्।
