निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरू आए सम्पर्कमा
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन्। उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले समर्पक बाहिर रहेका महिलाहरू परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए ।
