SHARE
पर्दाफास · सोमबार ४ साउन २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

उच्च अदालत पाटनद्वारा ११ हजार ४६८ मुद्दा फछ्र्योट

उच्च अदालत पाटनले गत आर्थिक वर्ष (२०८२/०८३) मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो । न्यायालयले दुई वर्ष नाघेका र १८ महिना नाघेका मुद्दा शून्यमा झार्न सफल भएको छ । त्यस्तै, एक वर्ष नाघेका ३५३ रहेका छन् ।