महिलाका लागि निलो बस, तर लैंगिक अल्पसंख्यक कहाँ ?
महिलाको सुरक्षालाई लक्षित गर्दै सरकारले ‘निलो बस’ सञ्चालन गर्ने तयारी गरिरहेको छ । सरकारको दाबी छ यसले सार्वजनिक यातायातमा महिलाले भोग्ने असुरक्षा कम हुनेछ । तर विद्यार्थी, युवा र महिला अधिकारकर्मीहरू भने यो कदमलाई समस्याको दीर्घकालीन समाधान नभई ‘प्रतीकात्मक’ उपायका रूपमा हेर्छन् ।
