SHARE
पर्दाफास · सोमबार ४ साउन २०८३ ०४:१४ AM · 1 मिनेट पढाइ

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको जानकारी दिएका छन् । जुन प्रतियोगिता सुरु हुनुअघि गरिएको ११ अर्ब डलरको अनुमानभन्दा उल्लेखनीय रूपमा बढी हो ।