साउनदेखि कर बढ्ने त्रासले घरजग्गा कारोबार बढ्यो, असारमा मात्रै ११ अर्ब ९४ करोड राजस्व सङ्कलन
घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ बराबर राजस्व सङ्कलन भएको छ । देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व सङ्कलनसमेत गत असार महिनामा नै भएको हो ।
