२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७५५ जनालाई कारबाही
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७५५ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १५, राइड सेयरिङमा ५२, रातोबत्तीमा ४० जना चालकलाई कारबाही गरिएको छ ।
