SHARE
पर्दाफास · सोमबार ४ साउन २०८३ ०२:४४ AM · 1 मिनेट पढाइ

बर्ड फ्लुले ठप्प हुँदा जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म बन्द गर्दा तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले असार ५ गतेदेखि चिडियाखाना सर्वसाधारणका लागि बन्द गरेको थियो। सङ्क्रमण नियन्त्रणमा आएपछि साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ।