आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
आज साउन महिनाको पहिलो सोमबार विशेष श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । हिन्दु धर्ममा साउन महिनालाई भगवान् शिवको अत्यन्त प्रिय महिना मानिन्छ । सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ ।
