१२५० मेट्रिक टन डीएपी मल आज नेपाल आउँदै
नेपालमा १ हजार २५० मेट्रिक टन डिएपि मल आज आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपि मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो । सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आईपुग्ने छ ।
