अविरल वर्षापछि माइतीघर डुबानमा, सवारी र पैदलयात्रीलाई सास्ती
आइतबार दिउँसो परेको अविरल वर्षापछि काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन् । विशेषगरी माइतीघर मण्डला क्षेत्रको सडक जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ भने पैदलयात्रीले समेत सास्ती भोग्नुपरेको छ । सडकमा पानी जम्दा साना तथा ठूला सवारी साधनलाई आवतजावत गर्न कठिनाइ भएको थियो। पैदलयात्रीहरू पनि पानी छल्दै जोखिमपूर्ण रूपमा सडक पार गर्न बाध्य भएका थिए।
