SHARE
पर्दाफास · आइबार​ ३ साउन २०८३ ०३:२६ PM · 1 मिनेट पढाइ

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने भएको छ। विभाजनको संघारमा पुगेको कांग्रेसको देउवा समूहले साउन ६ गते छुट्टै बीपी स्मृति दिवस मनाउने निर्णय गरेको हो। देउवा समूहले आइतबार चुनदेवीस्थित पार्टी सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर बीपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रम मनाउने निर्णय भएको जानकारी दिएको छ।