टेकुमा गोली चलाएर प्रहरीले समात्यो २४ हजार ७ सय टपेन्डाडोलसहित ३ जना
काठमाडौं उपत्यकामा लागुऔषध कारोबारमा संलग्न गिरोहमाथि कारबाही गर्दै प्रहरीले गोली प्रहार गरी तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले आइतबार अपराह्न काठमाडौं महानगरपालिका–१२ टेकु दोवानपुल नजिक भारतको रुपैडियाबाट काठमाडौं ल्याइएको टपेन्डाडोलको कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेको थियो। प्रहरीका अनुसार कारोबारीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरीमाथि आक्रमण गर्दै भाग्ने प्रयास गरे।
