लोकतन्त्र र समावेशितामा सम्झौता नगरी संविधान संशोधन गर्न सकिन्छ : गगन थापा
कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन प्रवर्द्धनका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा कुनै पनि किसिमको सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे । उनले समावेशितालाई अझ व्यापक र सुदृढ बनाउने विषयमा कांग्रेसको पूर्ण समर्थन रहने बताए ।
