SHARE
पर्दाफास · आइबार​ ३ साउन २०८३ ०१:१३ PM · 1 मिनेट पढाइ

संस्थापन इतर पक्षले भन्यो– नेपाली काँग्रेसभित्रको आन्तरिक मेलमिलाप प्रयास विफल

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि भइरहेका वार्ता र संवाद निष्कर्षविहीन भएपछि संस्थापन इतर पक्षले नयाँ कार्यदिशा तय गर्न राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । आइतबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षका नेता मिन विश्वकर्माले संस्थापन पक्षसँग भएका संवादहरू सार्थक र उपलब्धिमूलक हुन नसकेको जानकारी दिए ।