कांग्रेसको संस्थापन इतर पक्षद्वारा राष्ट्रिय भेलाको घोषणा, पार्टी एकता एकता संकटमा परेको ठहर
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको समूह (नियमित महाधिवेशन पक्षधर) ले पार्टीको आन्तरिक विवाद र वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गर्दै साउन महिनाभित्र काठमाडौंमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने घोषणा गरेको छ । आईतवार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो ।
