SHARE
पर्दाफास · आइबार​ ३ साउन २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारले माग्यो सुझाव

नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ । यससम्बन्धी आवश्यक नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्ने उद्देश्यले मन्त्रालयले विज्ञ, विशेषज्ञ तथा सरोकारवालाहरूबाट लिखित सुझाव माग गरेको हो ।