SHARE
पर्दाफास · आइबार​ ३ साउन २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण, आरसीओडी म्याद थप्ने तयारी

विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर अझै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति (आरसीओडी) थप गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माणको अवस्था, पीपीएमा उल्लेखित दायित्व पूरा गरेको अवस्था र भौतिक प्रगतिका आधारमा आयोजनालाई चार समूहमा वर्गीकरण गरी आरसीओडी व्यवस्थापन गर्ने तयारी गरेको हो ।