SHARE
पर्दाफास · आइबार​ ३ साउन २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

फेसबुकमा समस्या, लगइन गर्दा भन्छ ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’

सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसो करिब १:३० बजेदेखि प्राविधिक समस्या देखिएको छ। डेक्स्टपबाट लगइन गर्दा आफ्नो फेसबुक नखुलेको धेरै प्रयोगकर्ताले गुनासो गरेका छन् । प्रयोगकर्ताको स्क्रिनमा देखिएको सन्देशमा साइटमा आएको प्राविधिक समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको जनाइएको छ।