SHARE
पर्दाफास · आइबार​ ३ साउन २०८३ ०३:४६ AM · 1 मिनेट पढाइ

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ३५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५३ रुपैयाँ रहेको छ ।