फिफा विश्वकप : फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड भयो तेस्रो
फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको अत्यन्त रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्यान्डले फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। इङ्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। त्यसपछि १८औँ मिनेटमा एज्री कोन्साले गोल थप्दै टोलीलाई २–० को अवस्थामा पुर्याए।
