SHARE
पर्दाफास · आइबार​ ३ साउन २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ शनिबार ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो ।