एक वर्षमा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, आईटीमा सबैभन्दा धेरै परियोजना
आर्थिक वर्ष २०८२/८३ मा उद्योग विभागले कुल ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ । विभागका अनुसार उक्त अवधिमा स्वचालित (अटोमेटिक) मार्ग र स्वीकृत मार्ग ‘अप्रुभ्ट रुट’ मार्फत गरी १ हजार ११६ परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
